अदालत
रेखा शर्मालाई म्याद थपका लागि अदालत लगियो
सोमबार, १६ चैत २०८२, १६ : ४२
सारांश
- लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई बालिकामाथि श्रम शोषणको आरोपमा म्याद थपका लागि अदालत लगियो।
- शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले धुम्बाराहीबाट पक्राउ गरेको थियो।
- काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो।
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई म्याद थपका लागि अदालत लगिएको छ । बालिकामाथि श्रम शोषणको आरोपमा पक्राउ परेकी शर्मालाई म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत काठमाडौँ लगिएको छ ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले गए राति धुम्बाराहीबाट पक्राउ गरेको थियो । काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेको थियो ।
शर्माविरुद्ध यसअघि २०८१ माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण