आवश्यकताअनुसार बिटुमिन नपाउँदा नागढुंगा–मुग्लिन सडकको कालोपत्र कार्य प्रभावित
सारांश
- पश्चिम एसियाको द्वन्द्वका कारण बिटुमिनको आपूर्तिमा अवरोध हुँदा नागढुंगा-मुग्लिन सडक विस्तार प्रभावित भएको छ।
- बिटुमिन अभावका कारण आयोजनामा कालोपत्रे गर्ने काम रोकिएको छ, जसले गर्दा निर्माण व्यवसायीहरू समस्यामा परेका छन्।
- आयोजना प्रमुखका अनुसार, बिटुमिनको अनिश्चितताले गर्दा यस वर्षको प्रगति लक्ष्य पूरा नहुने देखिएको छ।
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण (अलकत्रा) बिटुमिनको आपूर्तिमा अवरोध आउँदा नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनामा कालोपत्रे गर्ने कार्य प्रभावित भएको छ । निर्माण सामग्रीको अभावमा आयोजनाको काम रोकिने अवस्थामा पुगेको आयोजनाले जनाएको छ ।
नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख केशवप्रसाद ओझाका अनुसार, वैदेशिक बजारबाट बिटुमिनको आपूर्ति सहज नहुँदा अहिले कालोपत्रेको काम प्रभावित भएको छ । ‘अहिलेको अवस्थाले गर्दा काम धेरै लामो समय जान सक्ने देखिँदैन,’ ओझाले भने ।
आयोजनाका दुईवटा खण्डमा कालोपत्र गर्नका लागि दैनिक दुई ट्याङ्कर बिटुमिन आवश्यक पर्छ । सामान्य अवस्थामा आयोजनाले दुई–तीन दिनका लागि पुग्ने गरी स्टक राख्ने गरेको भए पनि अहिले हप्तामा एक–दुई ट्याङ्र मात्रै बिटुमिन उपलब्ध भइरहेको छ । ओझाका अनुसार, पैसा जम्मा गरेर बुक गरिएको बिटुमिन समेत ठेकेदारले समयमा पाउन सकेका छैनन् ।
बिटुमिन मात्र नभई पेट्रोलियम पदार्थबाट बन्ने अन्य बाइप्रोडक्टहरू जस्तै पोलिथिन पाइपको आपूर्तिमा समेत समस्या देखिएको छ ।
निर्माण सामग्रीको अभाव र महँगीका कारण निर्माण व्यवसायीले ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न माग गरिरहेको र व्यवसायीहरूले भोगिरहेको समस्यालाई स्वीकार गर्दै ओझाले भने, ‘हामीले महँगो पैसा तिर्दा पनि बिटुमिनजन्य सामग्री पाउन सकेका छैनौँ भन्ने निर्माण व्यवसायीहरूको गुनासो छ, जुन हाम्रो जानकारीमा पनि आएको छ ।’
चुनावपछिको दुई हप्तामा पहिलो खण्डको अन्तिम तहको करिब ५ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । त्यस्तै, दोस्रो खण्डमा को पहिलो तहको करिब डेढ किलोमिटर कालोपत्रे पनि सकिएको छ । तर, बिटुमिनको अनिश्चितताले गर्दा बाँकी काम कहिलेसम्म सुचारु राख्न सकिन्छ भन्नेमा आयोजना नै अन्योलमा छ ।
‘अहिले एउटा ट्यांकर बिटुमिन आउँछ, त्यसले भ्याउन्जेल काम गर्छौँ र फेरि अर्को नआउँदासम्म कुरेर बस्नुपर्ने अवस्था छ,’ ओझाले थपे,‘यस वर्ष लिइएको ‘एग्रेसिभ’ प्रगति गर्ने लक्ष्य बिटुमिन अभावका कारण पूरा नहुने देखिएको छ ।’
आयोजना प्रमुख ओझाले निर्धारित लक्ष्यबाट पछि हट्नुपर्ने स्थिति सृजना भएकोमा चिन्ता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण