बलिउड फिल्ममा काम फेरि गर्ने विषयमा के भन्छन् नागा चैतन्य ?
सारांश
- अभिनेता नागा चैतन्य आफ्नो आगामी फिल्म 'वृषकर्मा'का कारण चर्चामा छन्।
- उनले हिन्दी फिल्म नगर्नुको खास कारण नभएको र नयाँ अवसरको पर्खाइमा रहेको बताए।
- उनका अनुसार, अब फिल्मका लागि भाषा ठूलो अवरोध होइन र उनी राम्रो प्रोजेक्टको प्रतीक्षामा छन्।
मुम्बई । दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य यतिबेला आफ्नो आगामी फिल्म ‘वृषकर्मा’का कारण चर्चामा छन् । साउथका सफल अभिनेता नागाले सन् २०२२ मा आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’बाट बलिउडमा डेब्यु गरेका थिए । तर, उक्त फिल्मपछि उनी फेरि कुनै पनि हिन्दी फिल्ममा देखिएका छैनन् ।
लामो समयदेखि प्रशंसकहरूले उनलाई बलिउडबाट टाढा रहनुको कारण सोधिरहेका थिए । हालै एक अन्तर्वार्तामा उनले यस विषयमा मुख खोलेका छन् ।
‘हिन्दी फिल्म नगर्नुको कुनै खास नकारात्मक कारण छैन । म नयाँ अवसरका लागि सधैँ तयार छु। तर ‘लाल सिंह चड्ढा’ पछि म दक्षिणका (साउथ) प्रोजेक्टहरूमा निकै व्यस्त भएँ । ती फिल्महरूमा मेरो धेरै समय र मेहनत लाग्यो’, उनले अगाडि भने ‘त्यसैले म हिन्दी फिल्ममा काम गर्नका लागि सही मौकाको पर्खाइमा छु।’
नागा चैतन्यका अनुसार अब फिल्मका लागि भाषा कुनै ठुलो अवरोध रहेन । ‘अहिले दर्शकहरूले विभिन्न भाषाका हरेक प्रकारका फिल्महरू हेर्ने गर्छन्। म हिन्दी फिल्म गर्न तयार छु, तर त्यो प्रोजेक्टले मलाई प्रेरित गर्नुपर्छ। केही नयाँ हुनुपर्छ र मैले मन पराउने फिल्ममेकरहरूसँग काम गर्ने अवसर जुर्नुपर्छ’ उनले भने ।
नागा चैतन्य पछिल्लो पटक फिल्म ‘तन्डेल’ मा देखिएका थिए । अब उनी आफ्नो बहुप्रतिक्षित फिल्म ‘वृषकर्मा’ मार्फत दर्शकमाझ आउँदै छन् । यो फिल्म यसै वर्ष रिलिज हुने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण