समानुपातिक सांसद सिफारिसमा विशेष महाधिवेशनवालाले झेल गरे : पूर्णबहादुर खड्का
सारांश
- पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समानुपातिक सांसद सिफारिसमा पार्टी नेतृत्वले झेल गरेको आरोप लगाए।
- खड्काले पिछडिएको क्षेत्रबाट विद्या तिमिल्सिनाको नाम हटाएर कालिबहादुर सहकारीलाई सांसद बनाएको बताए।
- दलित कोटाबाट मानबहादुर नेपालीले पनि पक्षपात भएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशनबाट आएको नेतृत्वले प्रतिनिधि सभामा समानुपातिक सांसद सिफारिसमा झेल गरेको बताएका छन् ।
शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको काठमाडौँको महाराजगञ्जमा बसिरहेको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकमा खड्काले पिछडिएको क्षेत्रमा १ नम्बरमा रहेको नाम हटाएर ७ नम्बरमा रहेकालाई राखिएको ब्रिफिङ गरेका एक केन्द्रीय सदस्यले जानकारी दिएका हुन् ।
‘विशेष महाधिवेशन वाला नेतृत्वले समानुपातिकमा पिछडिएको क्षेत्रमा एक नम्बरमा रहेकी विद्या तिमिल्सिनाको नाम हटाएर कलस्टरमै नाम नभएको पुरुष खस आर्य कोटाको ७ नम्बरमा रहेका कालिबहादुर सहकारीलाई सांसद बनाइएको छ,’ खड्काको बैठकमा ब्रिफिङबारे बैठकका सहभागीले भने, ‘त्यो विरुद्ध तिमिल्सिनाजी सर्वोच्च अदालत जानु भएको छ । त्यो रिट दर्ता भएको छ ।’
त्यस्तै दलित कोटाका मानबहादुर नेपालीले पनि पक्षपात भएको भन्दै सर्वोच्च अदालत गएको खड्काले बताएका ती सदस्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण