दक्षिणी लेबनानमा लिटानी नदीसम्म नियन्त्रण चाहन्छ इजरायल
मङ्गलबार, १७ चैत २०८२, १६ : ०५
तेल अभिभ । इजरायलले दक्षिणी लेबनानभित्र बफर जोन स्थापना गरी लिटानी नदीसम्मकोे क्षेत्र आफ्नो कब्जामा राख्ने योजना बनाएको छ ।
इजरायलका रक्षा मन्त्री इजरायल काट्जलाई उद्धृत गर्दै उक्त योजना सार्वजनिक गरिएको हो । उनका अनुसार उत्तरी इजरायलको सुरक्षा सुनिश्चित नभएसम्म दक्षिणी लेबनानबाट विस्थापित करिब ६ लाख बासिन्दालाई फर्किन दिइने छैन ।
सीमावर्ती क्षेत्रका घरहरू समेत ध्वस्त पारिने संकेत उनले दिएका छन्, यसले इजरायलले आफ्नो सैन्य रणनीतिलाई झन कडा बनाउने स्पष्ट हुन्छ ।
पछिल्ला हप्ताहरूमा इजरायलले दक्षिणी लेबनानमा तीव्र आक्रमण गर्दै आएको छ । आक्रमणमा लिटानी नदीमाथि बनेका पुलहरू पनि निशानामा परेका छन् । लेबनानका राष्ट्रपति जोसेप आउनले यी आक्रमणलाई जमिनबाट हुने आक्रमणको पूर्वसंकेत भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण