निर्माण व्यवसायीको १३औँ अधिवेशन सुरुः लामा र पाण्डे प्यानलबिच प्रतिस्पर्धा हुने
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को २६औँ साधारणसभा तथा १३ औँ अधिवेशन आज (मंगलबार) देखि काठमाडौँमा सुरु भएको छ ।
नयाँ नेतृत्व चयनका लागि हुन लागेको यस अधिवेशनमा मुख्य गरी दुई प्यानलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने केही पदमा स्वतन्त्र उम्मेदवारी समेत घोषणा गरिएको छ ।
वरिष्ठ उपाध्यक्ष आङ दोर्जी (एडी) लामाले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा लामाले आफ्नो समूहका उम्मेदवारहरू सार्वजनिक गरेका हुन् । जसअनुसार वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एशोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारी घोषणा गर्दै लामाले सार्वजनिक खरिद ऐन संशोधनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
यस्तै निकोलस पाण्डेले पनि आफ्नो प्यानल घोषणा गरेका छन् । पाण्डेको समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्वल गौतम चुनावी प्रतिस्पर्धामा छन् । पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्याको गाँठो फुकाउने प्रतिबद्धता र सार्वजनिक खरिद ऐनमा रहेका निर्माण व्यवसाय प्रतिकूल दफाहरू खारेज गराउने योजना अघि सारेका छन् ।
यसै चुनावी सरगर्मीबिच प्रमोद लामिछानेले ‘उपमहासचिव (नीतिगत)’ पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने भएका छन् । दुई ठुला प्यानलहरू चुनावी मैदानमा भए पनि लामिछानेले आफू स्वतन्त्र रूपमा निर्वाचनमा उत्रिन लागेको जानकारी दिएका छन् ।
उनी भन्छन्, ‘अहिले दुईवटा प्यानल बनेका छन्, तर म भने उपमहासचिव पदका लागि स्वतन्त्र रूपमा निर्वाचनमा होमिने तयारीमा छु ।’ उनले महासंघभित्र नीतिगत सुधारका लागि आफ्नो उम्मेदवारी रहने बताएका छन् ।
महासंघको अधिवेशन आजदेखि सुरु भए पनि भोलि (बुधवार) मनोनयन दर्ताको कार्यक्रम छ । मनोनयनपछि मात्रै सबै पदका उम्मेदवारहरूको अन्तिम नामावली टुङ्गो लाग्नेछ । नयाँ नेतृत्व चयनका लागि पर्सि १९ गते मतदान हुने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण