झुटो अनुभव देखाएर ९ वर्षसम्म सरकारी सुविधा लिने कम्पनी सचिवविरुद्ध मुद्दा दायर
सारांश
- राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका सचिव राजेश पोख्रेलविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- पोख्रेलले नक्कली अनुभव प्रमाणपत्र पेश गरी सरकारी सेवामा रही करोडौंको सुविधा लिएको पुष्टि भएको छ।
- अख्तियारले पोख्रेललाई कैद र जरिवानाको सजाय मागदाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरेको छ।
काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कम्पनी सचिव राजेश पोख्रेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। पोख्रेलले झुट्टा तथा नक्कली कार्य अनुभवको प्रमाणपत्र पेस गरी सरकारी सेवाको ओहोदा प्राप्त गरेको र करोडौँ बराबरको सुविधा लिएको पुष्टि भएपछि आयोगले चैत १७ गते आरोपपत्र दायर गरेको हो।
अनुसन्धानका क्रममा पोख्रेलले २०७३ सालमा कम्पनी सचिव पदमा नियुक्त हुनका लागि गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडमा वरिष्ठ अधिकृतका रूपमा काम गरेको नक्कली अनुभव पत्र बनाएको भेटिएको छ। सम्बन्धित हाइड्रोपावर कम्पनीले पोख्रेल आफ्नो कार्यालयमा कहिल्यै कार्यरत नरहेको र उनले पेस गरेको प्रमाणपत्रको कुनै रेकर्ड नभएको जानकारी अख्तियारलाई दिएको थियो। सोही झुटो विवरणका आधारमा उनले २०७३ फागुन १० गतेदेखि सेवा करारमा नियुक्ति पाएका थिए।
पोख्रेलले झन्डै ९ वर्षको अवधिमा तलब, भत्ता र अन्य सुविधामार्फत कुल १ करोड ७ लाख १ हजार ५ सय ८४ रुपैयाँ बराबरको लाभ लिएको अख्तियारले जनाएको छ। सार्वजनिक निकायको जिम्मेवार पद पाउन नक्कली कागजात पेस गर्ने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले उनलाई कैद र जरिवानाको सजाय मागदाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण