अग्रज महिला अभियन्ताको सम्मानार्थ ‘नेतृत्व तपाईंको–सफलता हाम्रो’ कार्यक्रम आयोजना हुँदै
सारांश
- एनआरएनए युरोप क्षेत्रीय महिला समितिले युरोपमा सक्रिय महिला अभियन्ताहरूको सम्मान गर्ने कार्यक्रम गर्दैछ।
- कार्यक्रम 'नेतृत्व तपाईँको - सफलता हाम्रो' शीर्षकमा सन् २०२६ मा आयोजना हुनेछ, जसले महिला सशक्तीकरणलाई जोड दिनेछ।
- कार्यक्रम जुममार्फत सञ्चालन हुनेछ, र यसको समन्वय एनआरएनए युरोप क्षेत्रीय महिला समितिले गर्नेछ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय महिला समितिले युरोप क्षेत्रमा सक्रिय अग्रज महिला अभियन्ताहरूको योगदानको कदर गर्दै एक विशेष भर्चुअल कार्यक्रम आयोजना गर्ने भएको छ।
युरोप क्षेत्रीय बैठकको निर्णयअनुसार आगामी सन् २०२६ अप्रिल ५ तारिख (आइतबार) का दिन ‘नेतृत्व तपाईँको – सफलता हाम्रो शीर्षकमा उक्त सम्मान तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन हुन लागेको हो।
यस कार्यक्रमको मुख्य उद्देश्य एनआरएनए युरोप क्षेत्रमा सक्रिय अग्रज महिलाहरूको अनुभव, नेतृत्व र प्रेरणालाई सम्मान गर्नु रहेको छ। यो कार्यक्रम केवल सम्मानमा मात्र सीमित नभई महिला सशक्तीकरण, अनुभव आदानप्रदान र प्रेरणाको साझा मञ्चका रूपमा सञ्चालन हुने युरोप क्षेत्रीय महिला संयोजक बाबा राजेश्वरी थापाले जानकारी दिइन् । यस अन्तर्क्रियात्मक सेसनले भावी नेतृत्व विकासमा सकारात्मक र प्रेरणामूलक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
थापाका अनुसार यो कार्यक्रमको स्वरूप क्षेत्रीय तहमा केन्द्रित रहेकाले एनआरएनए युरोप क्षेत्रीय महिला समितिले नै यसको समन्वय गरिरहेको छ। यद्यपि, सबै सूचना र सचिवालय प्रक्रियामा पूर्ण पहुँच नभएका कारण कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय समिति (आईसीसी) वा काठमाडौं सचिवालयको औपचारिक संलग्नता र सहयोगको अपेक्षा गरिएको संयोजक थापाले बताइन् ।
जुम प्रविधिमार्फत सञ्चालन हुने उक्त भर्चुअल कार्यक्रम नेपाली समयअनुसार साँझ ६:०० बजे र युरोपको समयअनुसार दिउँसो २:१५ बजे सुरु हुने तय गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण