जग्गा फुकुवा गर्न ५० हजार घुस लिने अदालतका कर्मचारी अख्तियारको फन्दामा
रौतहट । रौतहट जिल्ला अदालत गौरमा कार्यरत एक कर्मचारी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित कार्यालयबाट खटिएको टोलीले अदालतका डिठ्ठा लव कुमार सिंहलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।
अदालतको फैसला बमोजिम दाखा पुर्जी गरी जग्गा फुकुवा गराइदिने काम गरेवापत उनले सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरी र प्राप्त सूचनाका आधारमा खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार उनलाई आज दिउँसो रौतहटको गौर नगरपालिका वडा नं १ स्थित जिल्ला अदालत परिसरबाटै पक्राउ गरिएको हो ।
पक्राउ पर्दा उनको साथबाट घुसवापतको उक्त नगद र एउटा मोबाइल फोन बरामद गरिएको छ । पक्राउ परेका सिंहमाथि अहिले थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण