आक्रमणमा ध्वस्त इरानी कारखाना रासायनिक हतियारका लागि प्रयोग भएको दाबी
सारांश
- इजरायलले इरानको ध्वस्त कारखाना रासायनिक हतियारका लागि प्रयोग भएको आरोप लगाएको छ।
- इरानले इजरायलको आरोप अस्वीकार गर्दै नागरिक संरचनामाथिको आक्रमण भएको जनाएको छ।
- इजरायलले उक्त कारखानाले फेन्टानिलजस्ता पदार्थ आपूर्ति गरेको आरोप लगाएको छ।
तेल अभिभ । इजरायलले आक्रमणमा ध्वस्त भएको कारखाना औषधि बनाउन नभएर रासायनिक हतियारका लागि प्रयोग भइरहेको दाबी गरेको छ । इरानले भने यो आरोप अस्वीकार गर्दै नागरिक संरचनामाथिको आक्रमण भनेको छ ।
मंगलबार इजरायलले आफ्नो क्यान्सर विरुद्धको औषधि बनाउने कारखानामा मात्रै इरानले आक्रमण गरेको आरोप लगाएको थियो ।
इजरायली सेनाका अनुसार, तोफिघ दारु अनुसन्धान र इन्जिनियरिङ कम्पनीले बाह्य रूपमा औषधि उत्पादकको रूपमा काम गरे पनि भित्री रूपमा रासायनिक युद्ध सामग्री विकाससम्बन्धी अनुसन्धान गरिरहेको थियो ।
उक्त कम्पनीले इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित संस्था रक्षात्मक नवप्रवर्तन र अनुसन्धान संगठन (एसपीएनडी) लाई फेन्टानिलजस्ता पदार्थ आपूर्ति गरिरहेको आरोप पनि लगाएको छ ।
उक्त कारखानालाई नागरिक कम्पनीको आवरणमा सैन्य गतिविधिस्थल बनाएका कारण त्यसलाई निशाना बनाइएको इजरायलले भनेको छ । तर इरानका विदेशमन्त्री अब्बास अराघचीले भने इजरायलको दाबी अस्वीकार गर्दै उक्त आक्रमणलाई खुलेआम अनि लज्जास्पद ढंगले औषधि कम्पनी माथिको बमबारी बताएका छन् ।
उनले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै कडा आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण