बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

ठगी काण्डमा हिरासतमा लिइएकी सुन्दरीसँग प्रहरीको यस्तो माग, उजुरीपछि प्रहरी नै फरार

बुधबार, १८ चैत २०८२, १५ : ०४
बुधबार, १८ चैत २०८२

काठमाडौँ । हिरासतमा लिएकी एक सुन्दरीसँग प्रहरीले आपत्तिजनक माग राखेपछि प्रहरी वृत्तमै खैलाबैला मच्चिएको घटना प्रकाशमा आएको छ । घटना भारतको महाराष्ट्र राज्यको अकोलामा भएको हो । ती महिलालाई ८० लाख ठगी काण्डमा प्रहरीले हिरासतमा लिएको थियो ।

सिभिल लाइन पुलिस स्टेशनको हिरासतमा रहेकी ती महिलासँग एएसआई राजेश जाधवले अनौठो माग गरेको बताइएको छ ।

‘तपाईं साह्रै राम्री हुनुहुन्छ, तपाईंकी छोरी पनि सुन्दरी नै होलिन्...’ ती एएसआईले पीडितसँग भनेको कुरालाई भारतीय सञ्चारमाध्यमले उद्धृत गरेका छन् ।

पीडित महिलासँग आरोपित प्रहरीले कैयौँ अश्लील कुरा गरेको बताइएको छ ।

हिरासतमा रहेकी ती महिलाले यसबारे महिला प्रहरी अधिकारीसँग उजुरी गरिन् । घटना प्रकाशमा आएसँगै आरोपित एएसआईलाई तत्काल निलम्बन गरिएको थियो ।

लिखित उजुरी लिएर कारबाही प्रक्रिया अघि बढाउँदासम्म आरोपित प्रहरी फरार भएको जनाइएको छ । फरार आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

महिला आयोगकी पूर्व सदस्य डा. आशा मिरगेका अनुसार करिब १० वर्ष अघि राजेश जाधव (निलम्बित एएसआई)को पारिवारिक विवाद र अन्य महिलासँगको सम्बन्धबारे उजुरी परेको थियो । उनले एक महिला प्रहरीलाई प्रस्ताव राखेको घटना पनि प्रकाशमा आएको थियो ।

प्रहरीले उनीविरुद्ध उजुरी दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको भन्दै मिरगेले प्रशंसा गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप