नाइट क्लब विवादमा इंग्लिस कप्तान ब्रुक र बेथेल दोषी ठहर
सारांश
- इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुक र ज्याकोब बेथेललाई नाइट क्लब घटनामा दोषी ठहर गरिएको छ।
- वेलिङ्टनमा भएको घटनामा ब्रुकलाई बाउन्सरले मुक्का हानेपछि विवाद सुरु भएको थियो।
- ब्रुकले सुरुमा झुट बोलेको स्वीकार गर्दै सार्वजनिक माफी मागेका छन् र भविष्यमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए।
लण्डन । गत वर्षको एसेज शृङ्खलाअघि न्युजिल्यान्ड भ्रमणका क्रममा भएको नाइट क्लब काण्डमा इंग्ल्याण्डका ह्वाइट बल कप्तान ह्यारी ब्रुक र अलराउन्डर ज्याकोब बेथेल दोषी पाइएका छन्। वेलिङ्टनमा भएको उक्त घटनाको अनुसन्धान गरिरहेको क्रिकेट रेगुलेटरले खेलाडी आचारसंहिता उल्लङ्घन गरेको भन्दै दुवैलाई सचेत गराएको छ।
नोभेम्बर १ को एकदिवसीय खेलभन्दा ठीक अघिल्लो रात नाइट क्लब गएका ब्रुकलाई त्यहाँका बाउन्सरले मुक्का हानेपछि यो विवाद सतहमा आएको थियो। यो घटनामा तीव्र गतिका बलर जोस टङ पनि संलग्न भए पनि उनीविरुद्ध भने कुनै कारबाही नगरिने नियामक निकायले स्पष्ट पारेको छ। टङ त्यतिबेला एकदिवसीय टोलीमा नभए पनि एसेजको तयारीका लागि टोलीसँगै अभ्यासमा थिए।
घटना सार्वजनिक भएपछि ब्रुकलाई जरिवाना गर्नुका साथै अन्तिम चेतावनी समेत दिइएको थियो। तर, अस्ट्रेलियासँगको अन्तिम टेस्ट सकिएपछि मात्र यसबारे थप विवरणहरू बाहिर आएका हुन्, जसले गर्दा इंग्लिस क्रिकेटमा ठुलै हलचल पैदा गरेको थियो।
सुरुमा ब्रुकले उक्त घटना हुँदा आफू एक्लै रहेको दाबी गरेका थिए। तर, पछि उनले आफ्ना सहकर्मीहरूलाई बचाउनका लागि झुट बोलेको स्वीकार गर्दै सार्वजनिक माफी मागेका छन्।
उनले समर्थकहरू आफ्नो व्यवहारबाट रिसाउनु स्वभाविक भएको भन्दै भविष्यमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्। एसेज शृङ्खलाका क्रममा पनि इंग्लिस खेलाडीहरू अत्यधिक मदिरा सेवन र अनुशासनहीन व्यवहारका कारण निकै आलोचित बनेका थिए।
यस विषयमा इंग्ल्याण्ड क्रिकेटका प्रबन्ध निर्देशक रोब कीले क्रिकेट र मदिराबीचको सम्बन्ध सुधार गर्नु सहज नभएको बताएका छन्। उनले टोलीको अनुशासन कायम राख्न केही ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन्।
अर्कोतर्फ, कारबाहीबाट जोगिएका जोस टङले आफूले विगतको गल्तीबाट पाठ सिकेको र अब पूर्ण रूपमा क्रिकेटमा मात्र ध्यान केन्द्रित गर्ने प्रतिक्रिया दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशगत रूपमा हेमराज थापाले पाए सबैभन्दा बढी मत
-
रास्वपा केन्द्रीय सदस्यमा थारु, मधेशी र मुस्लिम समूहबाट काे काे निर्वाचित भए ?
-
रास्वपा केन्द्रीय सदस्यमा आदिवासी–जनजाति समूहबाट काे काे भए निर्वाचित ?
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण