अमेरिका–इजरायल आक्रमणबाट तेहरानमा ३३ हजार घरमा क्षति
बिहीबार, १९ चैत २०८२, १४ : ०६
सारांश
- अमेरिका र इजरायलको आक्रमणबाट तेहरानमा ३३ हजार घरमा क्षति पुगेको छ।
- क्षतिग्रस्त घरहरूमा सामान्य मर्मतदेखि पुनर्निर्माणसम्मको आवश्यकता रहेको छ।
- आक्रमणबाट प्रभावित १,८६९ परिवारमध्ये १,२४५ लाई आवासीय कम्प्लेक्समा सारिएको छ।
तेहरान । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणमा राजधानी तेहरानमा हालसम्म करिब ३३ हजार घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।
तेहरान महानगरपालिकाका प्रवक्ता अब्दुलमोहर मोहम्मदखानीका अनुसार आवासीय भवनहरूमा भएको क्षति सामान्यदेखि गम्भीर स्तरसम्मको छ । ‘कतिपय घरहरूमा सिसा, ढोका र झ्याल जस्ता सामान्य मर्मत आवश्यक छ भने केही घरहरूमा पूर्ण पुनर्निर्माण वा व्यापक सुधार गर्नुपर्ने अवस्था छ,’ उनले बताए ।
उनका अनुसार हालसम्म १ हजार ८६९ घरपरिवार आवाससम्बन्धी समस्यामा परेका छन् । तीमध्ये १ हजार २४५ परिवारलाई २३ वटा आवासीय कम्प्लेक्समा स्थानान्तरण गरिएको छ ।
महानगरपालिकाको पहलमा हालसम्म ४ हजारभन्दा बढी घरहरूको मर्मत कार्य सुरु भइसकेको बताइएको छ । यीमध्ये केही मर्मत कार्य प्रत्यक्ष रूपमा गरिएको छ भने केहीमा आर्थिक सहयोग प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण