ट्रम्पको भाषण हतासको संकेत भएको विश्लेषकको दाबी
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो सम्बोधनलाई एक विश्लेषकले 'हतासको संकेत' भनेका छन् ।
बुधबार ट्रम्पको भाषण हतासको संकेत भएको भन्दै ट्रम्पसँग इरानसँग सम्झौता गर्ने बाहेक वास्तविक विकल्प नरहेको किङ्ग्ज कलेजस्थित इन्स्टिच्युट अफ मिडल इस्टर्न स्टडिजका वरिष्ठ लेक्चरर एन्द्रेस क्रिगले अल जजिरालाई भनेका छन् । क्रिगका अनुसार ट्रम्पको भाषणले अमेरिकी प्रशासनसँग स्पष्ट रणनीति र लचिलोपनको अभाव देखाएको छ ।
'उनको हिजोको सम्बोधन हताशाको संकेत हो, जसले देखाउँछ कि यो प्रशासनसँग खासै विकल्प छैन,' उनले भने ।
उनले ट्रम्पको दोहोरो सन्देशमाथि पनि प्रश्न उठाएका छन् । एकातर्फ उनले नागरिक लक्ष्यमा आक्रमण गर्ने संकेत दिएको अनि अर्कोतर्फ युद्धबाट बाहिरिने बाटो खोज्ने कुरा गर्नुले विश्व अर्थतन्त्रमा पर्ने गम्भीर प्रभावलाई बेवास्ता गरेको उनको भनाइ छ ।
यसले अमेरिकी प्रशासन कति अस्पष्ट छ भन्ने देखाउनुका साथै सुरुदेखि नै कम रणनीति र योजना बनाएर इरान युद्धमा होमिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट विरुद्ध नर्वेः कडा प्रतिस्पर्धाको अपेक्षा
-
समझदारीपत्रकाे उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण