आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रत्नपार्कमा कांग्रेसको नारा : कम्युनिष्ट सरकार चाहिँदैन ! (फोटोफिचर)

मङ्गलबार, १५ साउन २०७५, १६ : ४५
मङ्गलबार, १५ साउन २०७५

काठमाडौं –विपक्षी दल काँग्रेसले मंगलबार काठमाडौं उपत्यकासहित देशभर केपी ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेको छ । 

सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको आरोपसहित कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन आयोजना गरेको हो । 

कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ ।

कांग्रेसका नेताहरु प्रकाश शरण महत, प्रकाशमान सिंह, नवीन्द्रराज जोशीलगायतका नेताहरुको अगुवाईमा काठमाडौंमा जुलुससहित प्रदर्शन गरियो । 

शान्तिबाटीकाबाट सुरु भएको जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटीकामा आएर कोणसभामा परिणत भएको थियो । 

सो क्रममा कांग्रेसका नेता कार्यकर्ताले ‘संविधान मिच्न पाइँदैन, कम्युनिष्ट सरकार चाहिँदैन, उखान टुक्काले देश चलाउन पाइँदैन, बृद्धभत्ता दिने निर्णय कार्यान्वयन गर’लगायतका नारा समेत लगाएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप