सागर लम्साल प्रकरणमा अभिनेत्री बर्देवा : अपराधको कुनै पेसा र क्षेत्र हुँदैन
शुक्रबार, २० चैत २०८२, १२ : ३६
सारांश
- अभिनेत्री लक्ष्मी बर्देवाले कलाकारिता क्षेत्रमा हुने गलत कार्यका विरुद्ध मौन रहन नहुने धारणा व्यक्त गरेकी छिन्।
- उनले अभिनेता सागर लम्साल विरुद्ध लागेको आरोपका सन्दर्भमा अपराधको कुनै पेसा वा क्षेत्र नहुने स्पष्ट पारेकी छिन्।
- बर्देवाले पीडितको सुरक्षा गर्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखेकी छिन्।
काठमाडौँ । लोकप्रिय अभिनेत्री लक्ष्मी बर्देवाले कलाकारिता क्षेत्रभित्र हुने गलत कार्यका विरुद्ध मौन बस्न नहुने धारणा व्यक्त गरेकी हुन् । अभिनेता सागर लम्साल ‘बले’ विरुद्ध लागेको बलात्कारको गम्भीर आरोपका विषयमा सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएकी हुन् ।
लक्ष्मी लेख्छिन्, ‘अपराधको कुनै पेसा , क्षेत्र हुँदैन । देखेर नदेखे जस्तो र सुनेर नसुने जस्तो गर्ने स्थितिबाट माथि उठ्न सके मात्रै मेरो पेसा भनेर खुसी हुने दिन आउँछ । पीडितको सुरक्षा गर्दै पिडकलाई कानुनी दायरामा ल्याइनु पर्छ। यथाशीघ्र छानबिन हुनेछ भन्नेमा विश्वस्त छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण