सिन्धुलीमा बस र माइक्रो ठोक्किँदा ९ जना घाइते
सारांश
- सिन्धुलीको बिपी राजमार्गमा बस र माइक्रो बस ठोक्किँदा ९ जना यात्रु घाइते भएका छन्।
- दुर्घटनामा परेका घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–५ स्थित बिपी राजमार्गमा बस र माइक्रो ठोक्किँदा ९ जना घाइते भएका छन् ।
शुक्रबार काठमाडौँबाट जाँदै गरेको बा.४ ख ५०५२ नम्बरको हायस माइक्रो र खुर्कोटबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस ठोक्किएका हुन् । दुर्घटनामा परेर ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
घाइते हुनेमा माइक्रो चालक ३८ वर्षीय गज बहादुर मगर, काभ्रे घर भएकी ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रबिन तिवारी छन् ।
ठेगाना यकिन नभएका प्रशान्त केसी गम्भीर घाइते छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ९ वर्षीया संस्कृति यादव, ३२ वर्षीय कल्पना राई, ३८ वर्षीय अमेश खड्का, २२ वर्षीय अमृत राना मगर र ४२ वर्षीय दिन प्रसाद सिग्देल घाइते भएका छन्।
बस दोलखाको बैतेश्वर गाउँपालिका घर भएका २६ वर्षीय सुमन सुवेदीले चलाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण