मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

विश्वभर बढ्यो खाद्यान्नको मूल्य

शुक्रबार, २० चैत २०८२, १५ : ३०
शुक्रबार, २० चैत २०८२

सारांश

  • विश्वभर खाद्यान्नको मूल्यमा वृद्धि भएको छ ।
  • पश्चिम एसियामा जारी युद्धका कारण खाद्यान्न आपूर्ति र मूल्यमा नकारात्मक प्रभाव परेको छ ।
  • संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनका अनुसार खाद्य मूल्य सूचकाङ्क अघिल्लो महिनाको तुलनामा २.४ प्रतिशतले बढेको छ ।

काठमाडौँ । विश्वभर खाद्यान्नको मूल्य बढेको छ । पश्चिम एसियामा जारी युद्धको असर खाद्यान्नमा परेको हो । खाद्यान्नमा मूल्य वृद्धि देखिएको संयुक्त राष्ट्र सङ्घ (यूएन)को खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले शुक्रबार एउटा प्रतिवेदनमा उल्लेख गरेको छ । 

विश्वभर किनबेच हुने खाद्य कमोडिटीको डालोमा देखा पर्ने परिवर्तन मापन गर्ने एफएओको खाद्य मूल्य सूचकाङ्क मार्चमा १२८ दशमलव ५ अङ्क रहेको छ । 

यो अघिल्लो महिनाको तुलनामा २ दशमलव ४ प्रतिशतले बढी हो । 

द्वन्द्व ४० दिनभन्दा लामो रह्यो र इनपुट लागत उच्च रहँदा खाद्य आपूर्ति र मूल्यमा प्रभाव पार्ने एफएओले बताएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप