झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते
शुक्रबार, २० चैत २०८२, २१ : ५०
झापा । भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने क्रममा छतबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ राजनचोक बस्ने ३४ वर्षीय ओपेन राजवंशी रहेका छन् ।
सङ्गम चोक बस्ने भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको दुईतले पक्की घर भत्काउने क्रममा घरको बिम लड्दा छतबाट खसेर राजवंशी र सोही वडाका ३५ वर्षका धर्मेन्द्र यादव घाइते भएका थिए ।
दुवै घाइतेलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले राजवंशीलाई मृत घोषणा गरेको प्रवक्ता खड्काले बताए । यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
-
सेनेगलले फर्कायो एक गोल, नर्वे अग्रता कायमै
-
हालान्डको गोलसँगै नर्वेको अग्रता दोब्बर
-
१००औँ अन्तर्राष्ट्रिय खेलमा चम्किए एम्बाप्पे, फ्रान्स नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण