बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

शनिबार, २१ चैत २०८२, ०६ : ०८
शनिबार, २१ चैत २०८२

सारांश

  • प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीले आफ्नो दाबी प्रस्तुत गरेको छ।
  • अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीबाट उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने घोषणा गरेका छन्।
  • साम्पाङले उपसभामुखको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मत पाउने विश्वास व्यक्त गरेका छन्।

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका हुन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ।  हामी महिला उम्मेदवार खडा गर्दैछौँ । '

साम्पाङले नयाँ दल भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दलका उम्मेदवारलाई मत दिने विश्वास पनि व्यक्त गरेका छन् । उनले लेखेका छन्– 'हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९?'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप