४ हजार करोडको ‘रामायण’ विवादमा : ‘गेम अफ थ्रोन्स’ बाट दृश्य चोरी गरेको आरोप
सारांश
- नितेश तिवारीको निर्देशनमा बनिरहेको चलचित्र 'रामायण' को टिजर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विवाद सुरु भएको छ।
- फिल्मका दृश्यहरू हलिउडको 'गेम अफ थ्रोन्स' र 'लर्ड अफ द रिङ्ग्स' बाट चोरी गरिएको भन्दै दर्शकहरूले आलोचना गरिरहेका छन्।
- ४ हजार करोड बजेटको फिल्ममा मौलिकता नरहेको र हलिउडको नक्कल गरिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले असन्तुष्टि पोखेका छन्।
मुम्बई । नितेश तिवारीको निर्देशनमा बनिरहेको प्रतीक्षित चलचित्र ‘रामायण’ को टिजर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा बहस र विवाद सुरु भएको छ।
हनुमान जयन्तीको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा भगवान् रामको लुक्स, युद्धका दृश्य र भव्य भीएफएक्स देखाइएको छ। धेरैले फिल्मको भव्यताको प्रशंसा गरे पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने यसका कतिपय दृश्यहरू हलिउड फिल्म र चर्चित सिरिजहरूबाट हुबहु नक्कल गरिएको भन्दै आलोचना गरिरहेका छन्।
विशेष गरी लंकामा भएको युद्धका दृश्यहरू र राक्षसहरूको डिजाइन हलिउडको प्रसिद्ध सिरिज गेम अफ थ्रोन्स र फिल्म लर्ड अफ द रिङ्ग्ससँग मिलेको दाबी गरिएको छ । सामाजिक सञ्जाल एक्समा एक प्रयोगकर्ताले ४ हजार करोड रुपैयाँको ठुलो बजेटमा बनेको फिल्मले दर्शकलाई बेकुफ बनाउन हलिउडका सट्सहरू कपी गरेको आरोप लगाएका छन् । कतिपयले त फिल्मका कतिपय दृश्यहरू द डार्क नाइट र ड्युन ः पार्ट टू बाट प्रेरित भएको भन्दै बलिउडले मौलिकता गुमाउँदै गएको टिप्पणी गरेका छन्।
बलिउडले रामायण जस्तो पौराणिक र आस्थाको विषयलाई केवल भीएफएक्स र सीजीआईको खेल मात्र ठानेको भन्दै धेरैले असन्तुष्टि पोखेका छन्। ‘बलिउड सधैँ हलिउडको नक्कल गर्न चाहन्छ, यसमा गेम अफ थ्रोन्सको छाया प्रस्ट देखिन्छ,’ अर्का एक प्रयोगकर्ताले लेखेका छन्।
यद्यपि, केही समर्थकहरूले भने यसअघिको सुपरहिट फिल्म बाहुबलीका दृश्यहरू पनि हलिउडबाटै प्रभावित भएको उदाहरण दिँदै भव्य फिल्म बनाउन यस्ता प्रविधि र शैलीको प्रयोग सामान्य भएको भन्दै बचाउ गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण