मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कीर्तिपुरमा डेरा फोडेर चोरी

शनिबार, २१ चैत २०८२, १७ : २३
शनिबार, २१ चैत २०८२

सारांश

  • काठमाडौँको कीर्तिपुरमा एक युवकको डेराबाट नगद र मोबाइलसहित लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
  • प्रहरीले घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको छ।

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा एक युवकको डेराबाट नगद र मोबाइलसहित लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। कीर्तिपुर नगरपालिका–८ चारधारामा कोठा भाडामा लिएर बस्ने कञ्चनपुरका २७ वर्षीय मानबहादुर महराको कोठामा गए राति चोरी भएको हो।

उनको कोठाबाट २ थान मोबाइल र नगदसमेत गरी करिब १ लाख २१ हजार रुपैयाँ बराबरको सम्पत्ति चोरी भएको प्रहरीले जनाएको छ। रातिको समयमा मौका छोपेर कोठाबाट उक्त धनमाल गायब पारिएको हो।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। प्रहरीले अहिले चोरीमा संलग्न रहेर फरार भएका व्यक्तिको तीव्र रूपमा खोजी गर्नुका साथै घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप