भारतको मध्य प्रदेशमा बहुतले भवन भत्किँदा एकको मृत्यु, धेरै मानिस पुरिएको आशङ्का
सारांश
- भारतको मध्य प्रदेशस्थित अनूपपुर जिल्लामा बहुतले भवन भत्किँदा एक जनाको मृत्यु भएको छ।
- भवनको भग्नावशेषमा धेरै मानिसहरू पुरिएको आशङ्का गरिएको छ।
- घटनास्थलमा एनडीआरएफ र प्रहरीको टोलीद्वारा उद्धार कार्य जारी राखिएको छ।
काठमाडाैँ । भारतको मध्य प्रदेशस्थित अनूपपुर जिल्लामा शनिबार साँझ एउटा बहुतले भवन भत्किँदा ठुलो दुर्घटना भएको छ । अनूपपुरको कोतमा बसपार्क नजिकै रहेको अग्रवाल लजको भवन अचानक भत्किँदा एक जनाको मृत्यु भएको छ भने धेरै मानिसहरू भग्नावशेषमा पुरिएको आशङ्का गरिएको छ ।
प्रशासनका अनुसार शनिबार साँझ करिब ५ः३० बजे उक्त भवन ढलेको थियो । भवन भत्किँदा आसपासका केही पसलहरूमा समेत क्षति पुगेको छ । घटनास्थलबाट हालसम्म एक जनाको शव निकालिएको छ भने केही घाइतेहरूलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ । अस्पताल लगिएकामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले सामाजिक सञ्जाल एक्स मार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले लेखे, ‘अनूपपुर जिल्लाको कोतमा नगरपालिका क्षेत्रमा होटलको भवन भत्किएको घटना दुखद छ । एक नागरिकको मृत्यु हुनु पीडादायी छ। उद्धारका लागि एनडीआरएफको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ। ’ मुख्यमन्त्रीले हालसम्म तीन जनालाई सुरक्षित बाहिर निकालिएको जानकारी समेत दिएका छन् ।
अनूपपुरका प्रहरी उपरीक्षक (एसपी) मोती उर रहमानले साँझ करिब ६ बजे घटनाको सूचना प्राप्त भएको र तुरुन्तै उद्धार टोली परिचालन गरिएको बताए । हाल घटनास्थलमा एनडीआरएफ, एसडीआरएफ, प्रहरी र सीआईएसएफका करिब १०० जनाको टोली उद्धार कार्यमा खटिएका छन्। मलबे हटाउन जेसीबी र क्रेनको प्रयोग भइरहेको छ भने घटनास्थलमा एम्बुलेन्सहरू तयारी अवस्थामा राखिएका छन्।
भग्नावशेषभित्र अझै केही मानिसहरू दबिएको हुनसक्ने आशङ्कामा तीव्रताका साथ खोजी तथा उद्धार कार्य जारी राखिएको प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण