इरानी जनरल कासिम सुलेमानीका दुई आफन्त अमेरिकामा पक्राउ, स्थायी आवासीय अनुमति पनि रद्द
सारांश
- अमेरिकाले इरानी सैन्य कमान्डर कासिम सुलेमानीका दुई आफन्तलाई पक्राउ गरेको छ।
- अमेरिकी सरकारले उनीहरूको स्थायी आवासीय अनुमति अर्थात् ग्रिन कार्ड खारेज गरिदिएको छ।
- अमेरिकाले उनीहरूमाथि इरानी शासनको प्रोपोगान्डा फैलाएको आरोप लगाएको छ।
काठमाडाैँ । अमेरिकाले सन् २०२० मा अमेरिकी हवाई आक्रमणमा मारिएका इरानी सैन्य कमान्डर कासिम सुलेमानीका दुई आफन्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुलेमानीकी भतिजी र नातिनी (भतिजीकी छोरी) रहेका छन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकामा बसोबास गर्दै आएका उनीहरूको स्थायी आवासीय अनुमति (ग्रीन कार्ड) विदेशमन्त्री मार्को रुबियोले खारेज गरिदिएका छन् ।
सुलेमानीकी भतिजीले अमेरिकामा बसेर इरानी शासनको कट्टर समर्थकको रूपमा काम गरेको र इरानको प्रोपोगान्डा फैलाउन सक्रिय रहेको आरोप अमेरिकाले लगाएको छ ।
अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘अमेरिका विरोधी आतंकवादी शासनलाई समर्थन गर्ने विदेशी नागरिकहरूका लागि यो देशलाई घर बन्न दिनबाट रोक्न ट्रम्प प्रशासन प्रतिबद्ध छ ।’
इरानको शक्तिशाली सैन्य दस्ता ‘कुड्स फोर्स’ का तत्कालीन कमान्डर कासिम सुलेमानी सन् २०२० मा इराकको राजधानी बग्दादमा भएको अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए । सुलेमानी मारिएपछि अमेरिका र इरानबिचको सम्बन्धमा थप तिक्तता आएको छ । उनी मारिएको चार वर्षपछि अमेरिकाले उनका आफन्तहरूमाथि यस्तो कडा कदम चालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण