अल्काट्राजलाई पुनः सक्रिय जेल बनाउन ट्रम्पले मागे १५ करोड डलर
वासिंगटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुख्यात जेल अल्काट्राजलाई पुनः सक्रिय जेलका रूपमा सञ्चालन गर्न १५ करोड डलरभन्दा बढी बजेट मागेका छन् । ह्वाइट हाउसले सन २०२७ को आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट प्रस्तावमा उक्त रकम समावेश गरिएको हो । यस्ता बजेट प्रस्तावहरूलाई अमेरिकी कंग्रेसले प्रायः सुझावका रूपमा लिने गर्छ ।
प्रस्तावअनुसार सङ्घीय जेल ब्यूरोलाई पहिलो वर्षका लागि अल्काट्राजलाई आधुनिक र उच्च सुरक्षायुक्त जेलमा रूपान्तरण गर्न आवश्यक खर्च उपलब्ध गराइनेछ । सन् १९६९ मा बन्द भएको यो जेल अहिले नेशनल पार्क सर्भिसअन्तर्गत पर्यटकीय स्थलका रूपमा सञ्चालित छ । ट्रम्पले गत वर्ष सामाजिक सञ्जालमार्फत अलकाट्राजलाई पुनः विस्तार गरी अमेरिकाका सबैभन्दा खतरनाक र हिंस्रक अपराधीहरूलाई राख्ने उद्देश्यले पुनः सञ्चालनमा ल्याउने निर्देशन दिएका थिए ।
सन १९३४ मा स्थापना भएको अलकाट्राज भौगोलिक अवस्थिति, चिसो पानी र बलियो समुद्री धारका कारण अमेरिकाको सबैभन्दा सुरक्षित जेलका रूपमा चिनिन्थ्यो। यहाँबाट कुनै पनि कैदी भाग्न सकेको आधिकारिक रेकर्ड छैन । पाँच कैदीहरू हराएका र सम्भवतः डुबेर मृत्यु भएको सूचीमा छन् । यो जेलमा कुख्यात अपराधीहरूलाई राखिएको थियो । जेल चलाउने खर्च धान्नै नसकेर अलकाट्राज बन्द गरिएको थियो। अन्य सङ्घीय जेलहरूको तुलनामा यसको सञ्चालन खर्च करिब तीन गुणा बढी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण