दक्षिणी लेबनानमा ९० हेज्बोल्लाह लडाकु मारिए
आइतबार, २२ चैत २०८२, १५ : १४
सारांश
- इजरायली सेनाले दक्षिणी लेबनानमा जारी द्वन्द्वका क्रममा ९० जना हेज्बोल्लाह लडाकु मारिएको दाबी गरेको छ।
- पछिल्लो २४ घण्टामा मात्रै इजरायली हवाई आक्रमणबाट दुई जना लडाकुको मृत्यु भएको र समूहका पूर्वाधार ध्वस्त पारिएको छ।
- इजरायलको सैन्य कारबाहीका कारण लेबनानमा करिब १२ लाख मानिस विस्थापित भएका छन्।
काठमाडौँ । इजरायली सेनाले दक्षिणी लेबनानमा पुनः सुरु भएको द्वन्द्वयता हेजबुल्लाका ९० जना लडाकु मारिएको दाबी इजरायली सेनाले गरेको छ ।
इजरायली सैन्य पक्षका अनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई जना हेज्बोल्लाह लडाकु मारिएका छन् । हवाई हमलामार्फत समूहका पूर्वाधारहरू ध्वस्त पारिएको छ ।
गत मार्चको सुरुवातमा हेज्बोल्लाहले इरानको समर्थनमा रकेट आक्रमण सुरु गरेको थियो । यो आक्रमण इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्या पछि भएको थियो । त्यसपछि इजरायलले राजधानी बेरुतसहित लेबनानभरि लगातार आक्रमण गर्दै आएको छ ।
इजरायलले आफ्नो सैन्य कारबाहीलाई अझै गहिरो बनाउँदै लेबनानी भूभागमा प्रवेश बढाएको छ, जसका कारण करिब १२ लाख मानिस विस्थापित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
-
रास्वपा प्रथम महाधिवेशन : अझै सुरु भएन प्रतिनिधि परिचयपत्र वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण