बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
अपडेट

सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

आइतबार, २२ चैत २०८२, १७ : ३६
आइतबार, २२ चैत २०८२

सारांश

  • व्यापारी सुलभ अग्रवाललाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
  • सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बयानका लागि उनलाई नियन्त्रणमा लिएको हो।
  • शंकर ग्रुपका सञ्चालक अग्रवालका बुवा शंकर अग्रवाललाई भने विभागले रिहा गर्ने निर्णय गरेको छ।

काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । अनुसन्धानको लागी उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडाैँ जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले बताए ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनलाई अदालतमा पेस गरेको हो । 

सुलभलाई बयानको लागी नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए । अग्रवाल शंकर ग्रुपका सञ्चालक हुन् । उनका बुबा शंकर अग्रवाललाई विभागले रिहा गर्ने निर्णय गरिसकेकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप