दुई दिनमा ३३ ‘गुण्डा’ हिरासतमा, मनाङे छुटेपछि सल्बलाएको प्रहरीको निष्कर्ष
सारांश
- काठमाडौँ उपत्यकामा सक्रिय ३३ जना गुण्डाहरूलाई प्रहरीले पछिल्लो दुई दिनमा पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
- दीपक मनाङे कारागारबाट छुटेपछि उनको स्वागतमा भेला भएका गुण्डाहरूको निगरानी गर्दै प्रहरीले यो विशेष अपरेशन चलाएको हो।
- पक्राउ परेकाहरूमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाउने र थप कसुर भेटिए सोही अनुसार कारबाही गर्ने प्रहरीको तयारी छ।
काठमाडौँ । पछिल्लो दुई दिनमा काठमाडौँ उपत्यकामा सक्रिय ३३ जना गुण्डाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
चैत २० र चैत २१ मा अपरेशन चलाएर प्रहरीले गुण्डाहरू पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराई भन्छन्, ‘गुण्डागर्दीमा संलग्न ३३ जना अहिले हिरासतमा छन् ।’
प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति दिएको छ । यसअघि पनि पक्राउ परेकाहरूलाई ‘पटके’ कायम गरेर कसुर मागदाबी गर्दै अदालतमा मुद्दा लैजाने प्रहरीको तयारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री भएपछि प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेशन चलाएको आशङ्का गरिएको छ । तर, प्रहरी अधिकृतहरू त्यसअघि नै निगरानी भइरहेको बताउँछन् ।
ज्यान मार्ने उद्योगसम्बन्धी कैद भुक्तान गरेर फागुन २७ मा डिल्लीबजार कारागारबाट दीपक मनाङे छुटे ।
गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ छुटेको ३ दिनपछि ठमेलमा उनको भव्य स्वागत भएको थियो । गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका मनाङेको स्वागतमा त्यस दिन उपत्यकामा सक्रिय धेरै गुण्डाहरू ठमेलस्थित क्लब नोभामा पुगे । मनाङेको स्वागतमा झण्डै ४ सय ५० जना मानिसहरू भेला भएका थिए ।
भेलामा उपस्थित भएका गुण्डाहरूबारे ‘निगरानी’ गरेर अपरेशनको तयारी गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । उनले भने, ‘मनाङेको स्वागत पछि हामीले उनीहरूमाथि निगरानी गरिरहेका थियौँ ।’
मनाङे छुटेपछि उपत्यकाका गुणडहरू सलबलाएको प्रहरीको निष्कर्ष छ । काठमाडौँमा हप्ता असुली, धाकधम्की र बिचौलियाको भूमिका निर्वाह गरेर गुण्डाहरूले रकम असुल्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । सुरुमा गुण्डाहरूलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा र अन्य मुद्दा आकर्षित भएमा अरु मुद्दामा पनि अनुसन्धान गरिने एसपी भट्टराईले बताए । उनले भने, ‘उजुरी र थप कसुर गरेको भेटिएमा त्यसमा पनि अनुसन्धान गरेर कानुनी कारबाही गर्छौँ ।’
प्रहरीले यसअघि २०८१ माघमा तरबार र खुकुरीले केक काटेर आतङ्क मच्चाउने गुण्डा समूहलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो । ‘शोअप’ गरेर असुली गरेको आरोपमा त्यसबेला गोपाल मोक्तान सहित ७ जना पक्राउ परेका थिए ।
पछिल्लो समय प्रहरीले अपरेशन सञ्चालन गरेपछि धेरै गुण्डाहरूले उपत्यका छाडेका छन् । एसएसपी खड्का भन्छन्, ‘गुण्डागर्दीमा संलग्न धेरै जना भागेको सूचना पाएका छौँ, उनीहरूमाथि निगरानी गरिरहेका छौँ ।’
यी हुन् हिरासतमा रहेका गुण्डाहरू

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण