बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कारागारबाट छुटेका दीपक मनाङेलाई ठमेलमा स्वागत, तस्बिरहरु

शनिबार, ३० फागुन २०८२, १६ : ४३
शनिबार, ३० फागुन २०८२

सारांश

  • गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे कैद सजाय भुक्तान गरी छुटेका छन्।
  • मनाङेलाई ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्षको जेल सजाय सुनाइएको थियो।
  • मनाङे २० प्रतिशत कैद छुट पाएपछि डिल्लीबजार कारागारबाट छुटेका हुन्।

काठमाडौँ । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् ।

deepak manage (2)

जेलबाट छुटेका मनाङेलाई ठमेलस्थित क्लब नोभामा शनिबार व्यवसायी र समर्थकको स्वागत गरेका छन् । चक्रे मिलन भनिने मिलन गुरुङमाथि विसं २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङेले कैद भुक्तान गर्न बाँकी १ वर्ष ४ महिना कैद सजाय पूरा भएपछि छुटेका हुन् ।

deepak manage (4)

मनाङेले पटक पटक गरेर दुई वर्ष आठ महिना कैद भुक्तान गरिसकेका थिए । उच्च अदालत पाटनले पाँच वर्ष कैद सजाय हुने फैसलापछि मनाङेले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाएका थिए । सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उच्च अदालत पाटनले गरेको फैसला सदर गरेपछि उनी २०८१ कात्तिक २७ गते पक्राउ परेका थिए । मनाङेले २० प्रतिशत कैद छुट पाएका छन् ।

deepak manage (5)

मनाङेको समूहले ज्यान लिने उद्देश्यले आक्रमण गर्दा आफ्ना पति मिलन गुरुङको बायाँ हात छिनालिदिएको भन्दै चक्रे मिलनकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन्। तर मनाङेले घटना भएको समयमा आफू वीरगन्जमा रहेको दाबी गर्दै त्यहाँको एक अस्पतालमा उपचार गरेको भन्ने चिकित्सकको बकपत्र अदालतमा पेस गरेका थिए ।

deepak manage (3)deepak manage (6)deepak manage (7)deepak manage (8)deepak manage (9)deepak manage (10)

तस्बिरहरु - नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप