अपराध
उपत्यकामा गुण्डागर्दी गरेको आरोपमा ७ जना पक्राउ
बिहीबार, २४ माघ २०८१, ०६ : ३९

काठमाडौँ । काठमाडौँ उपत्यकामा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोपाल मोक्तान, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गुन बहादुर गुरुङ छन् ।
गुण्डागर्दीमा संलग्न आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । उनीहरूले सामाजिक सञ्जाल ‘टिकटक’मा खुकुरी र तरबारले केक काटेको भिडियो पोस्ट गरेका थिए ।
आरोपीहरूले ‘शोअप’ गरेर आतङ्क सिर्जना गरेर असुली धन्दा समेत सञ्चालन गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनीहरू माथि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो
-
‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने पक्राउ
-
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट
-
राजसंस्था फर्काउन राजावादीको बैठक : के-के गर्यो निर्णय ?
-
काठमाडौँका दुई निजी विद्यालयमा विभागको छापा