‘तरबारले केक काटेको भिडियो हालेर आतंक मच्चाए’
काठमाडौँ । काठमाडौँ उपत्यकामा भएका गुण्डाहरूबारे प्रहरीले निगरानी बढाएको छ । पुराना गुण्डाहरू शैली र नयाँ गुण्डाहरूबारे प्रोफाइल पुनरावलोकन गर्न थालिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
गुण्डागर्दी नियन्त्रण गर्न पुरानो सूचीमा भएकाहरूको प्रोफाइलिङ पुनरावलोकन गर्न काम भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) टेक बहादुर तामाङले बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा तामाङले भने, ‘गुण्डाहरूको प्रोफाइलिङ गर्छौँ, गर्दै छौँ ।’
प्रोफाइलिङ गरेपछि गुण्डागर्दी गर्नेहरू विरुद्ध कारबाही गर्ने तामाङले जानकारी दिएका छन् । उनले भने, ‘त्यसपछि कारबाही सुरु गर्छौँ ।’
_IVU6F7x4hn.jpg)
तरबार चलाउने, गोली चलाउने र समूह बनाएर जबरजस्ती चेकमा हस्ताक्षर गराउने सबै तहका गुण्डाहरूको सूची नवीकरण गरिने तामाङको भनाई छ ।
बुधवार उपत्यका अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको थियो । सामाजिक सञ्जाल ‘टिकटक’मा तरबार र खुकुरीले केक काटेको भिडियो हालेपछि उनीहरूमाथि प्रहरीले कारबाही चलाएको बताइएको छ ।
तरबारले केक काटेपछि भयावह अवस्था आएको एआईजी तामाङले बताए । उनले भने, ‘तरबारले केक काटेपछि सर्वसाधारणमा त्रास बढेको अवस्था छ, त्यसपछि हामीले नियन्त्रणमा लिएका हौँ ।’ अनुचित लेनदेनमा पनि उनीहरू संलग्न रहेको प्रहरीको आशंका छ ।
पक्राउ पर्नेमा गोपाल मोक्तान, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गुन बहादुर गुरुङ छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार आरोपीहरूले ‘शोअफ’ गरेर आतंक सिर्जना गर्दै असुली धन्दा समेत सञ्चालन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण