शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिका–इजरायलको आक्रमणमा मारिए इरानको गुप्तचर प्रमुख

सोमबार, २३ चैत २०८२, १४ : २६
सोमबार, २३ चैत २०८२

तेहरान । इस्लामिक रिभोलुशनरी गार्ड कर्प्स (आईआरजीसी)ले आफ्नो गुप्तचर प्रमुख मारिएको बताएको छ । इरानी सञ्चारमाध्यममा प्रकाशित विज्ञप्तिअनुसार मजिद खदेमी सोमबार बिहान मारिएका हुन्। यस घटनाका लागि आईआरजीसीले अमेरिका र इजरायललाई दोषी भनेको छ ।

यस विषयमा प्रतिक्रिया माग्दा इजरायली रक्षा बल (आईडीएफ)ले खबरबारे खोजबिन गर्ने बताएको छ । खदेमीले यसअघि मोहमद काजेमीलाई प्रतिस्थापन गरेका थिए । काजेमी २०२५ को जुन १५ मा भएको इजरायली आक्रमणमा मारिएका थिए । उक्त घटना १२ दिने इरान–इजरायल युद्धको क्रममा भएको थियो ।

यस वर्ष फेब्रुअरी र जनवरी महिनामा भएका सरकारविरोधी आन्दोलनपछि खदेमीले डोनाल्ड ट्रम्पमाथि मञ्चन गरिएको हत्या रणनीतिलाई प्रोत्साहन गरेको आरोप लगाएका थिए । उनका अनुसार यस्तो रणनीतिले मृत्यु संख्या बढाएर विदेशी सैन्य हस्तक्षेपलाई औचित्य दिन खोजिएको थियो । 

त्यस क्रममा खदेमीले इरानभर फैलिएको आन्दोलनमा इजरायलको साइबर तथा गुप्तचर इकाई युनिट ८२०० सहित १० भन्दा बढी विदेशी गुप्तचर सेवाहरू संलग्न रहेको दाबी गरेका थिए । अमेरिकास्थित मानव अधिकार अभियन्ता न्युज एजेन्सीका अनुसार जनवरीमा भएको दमनमा इरानमा कम्तीमा ७ हजार जनाको ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप