मधेसका गृहमन्त्रीद्वारा दशगजा क्षेत्रको निरीक्षण
सारांश
- मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोले महोत्तरीको मटिहानीस्थित दशगजा क्षेत्रको निरीक्षण गरेका छन्।
- मन्त्री महतोले अदालतको आदेशले रोकिएको नाला निर्माण कार्यको अवलोकन गर्दै समस्या समाधानका लागि पहल गर्न निर्देशन दिएका छन्।
- निरीक्षणका क्रममा मन्त्री महतोले मटिहानीस्थित प्रसिद्ध लक्ष्मी नारायण मठमा दर्शनसमेत गरेका छन्।
जनकपुरधाम । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले सोमबार महोत्तरीको मटिहानीस्थित दशगजा क्षेत्रको निरीक्षण गरेका छन् ।
सो अवसरमा मन्त्री महतोले सीमाक्षेत्रको शान्ति–सुरक्षा अवस्था तथा विकास निर्माणमा भएका प्रगतिबारे जानकारी लिएका छन् ।
सोमबार बिहान मटिहानी पुगेका मन्त्री महतोले दशगजा क्षेत्रमा निर्माणाधीन तर हाल रोकिएको नाला निर्माण कार्यको समेत अवलोकन गरे । स्थानीय बजरंजी प्रसाद साह र शिवा साहले आफ्नो निजी जग्गामा नाला निर्माण गर्न लागिएको भन्दै उच्च अदालत जनकपुरमा रिट निवेदन दर्ता गरेपछि अदालतले तत्काल काम रोक्न आदेश दिएको थियो ।
निरीक्षणका क्रममा मन्त्री महतोले विकास निर्माणका काममा अवरोध हुन नहुने बताउँदै दुवै पक्षबिच छलफल गरी समस्याको समाधान खोज्न आग्रह गरे । उनले जग्गाको यकिन गरी सम्बन्धित पक्षलाई क्षति नपुग्ने गरी आवश्यक पहल थाल्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।
मन्त्री महतोले मटिहानीस्थित प्रसिद्ध लक्ष्मी नारायण मठमा दर्शनसमेत गरेका छन् । उनलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल तथा मठका उत्तराधिकारी महन्थ डा. रविन्द्र दास वैष्णवले स्वागत गरेका थिए ।
मन्त्री महतोसँगै प्रदेश सभा सदस्य सुनिता कुमारी साह, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुरक्षा निकायका प्रमुखहरू पनि निरीक्षणमा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशलाई टेर्दैनन् गण्डकीका पालिका, पठाउनुपर्ने पौने १९ अर्ब आफ्नै खातामा
-
बजेटमा ‘एक हजार’का योजनाको बाढी, कार्यविधि र सुशासनको धज्जी !
-
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
-
ट्रम्पको धम्कीपछि पनि सम्हालिँदै अमेरिका-इरान वार्ता
-
पाँचथरको गुराँसेमा आकर्षक माङहिम निर्माण अन्तिम चरणमा
-
मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा भारी गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण