आईपीएलमा कीर्तिमानको ओइरो : टिम डेभिडदेखि सरफराजसम्मको रेकर्ड
सारांश
- रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सविरुद्ध आईपीएल इतिहासकै सर्वाधिक उच्च योगफल २५० रन बनाएको छ।
- टिम डेभिडले डेथ ओभरमा सर्वाधिक ६८ रन जोड्दै नयाँ कीर्तिमान बनाएका छन् भने सरफराज खानले पावरप्लेमा ५० रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।
- भुवनेश्वर कुमार आईपीएलमा २०० विकेट पूरा गर्ने युजवेन्द्र चहल पछिका दोस्रो बलर बनेका छन्।
बेंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमै चेन्नई सुपर किंग्सको बलिङ रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध आइतबार राति जति खराब कहिल्यै देखिएको थिएन। यस खेलमा बेंगलुरुका ब्याटरले चेन्नईका बलरलाई निरीह सावित गर्दै कैयौँ ऐतिहासिक तथ्याङ्क र कीर्तिमानहरू बनाएका छन्।
बेंगलुरुले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २५० रनको विशाल योगफल तयार पार्यो। यो आईपीएल इतिहासमा बेंगलुरुको तेस्रो उच्च योगफल हो भने चेन्नईविरुद्ध कुनै पनि टोलीले बनाएको अहिलेसम्मकै ठूलो स्कोर हो।
यसअघि सन् २०१४ मा पञ्जाबले ४ विकेटमा २३१ र सन् २०२४ मा गुजरात टाइटन्सले ३ विकेटमा २३१ रन बनाएका थिए। समग्रमा आईपीएलमा बेंगलुरुले तीन पटक २५० भन्दा बढी रन बनाएको छ, जुन सनराइजर्स हैदरावाद (५ पटक) पछिको दोस्रो धेरै हो। टी-२० क्रिकेटकै कुरा गर्ने हो भने भारत (७ पटक) र हैदरावादले मात्र तीनभन्दा बढी पटक २५० रनको आँकडा पार गरेका छन्।
यो जितसँगै बेंगलुरुले चेन्नईविरुद्ध लगातार चौथो जित दर्ता गरेको छ। यी सबै जितमा बेंगलुरुले १९० भन्दा माथिको योगफल रक्षा गरेको छ।
आईपीएलमा बेंगलुरुले चेन्नईलाई लगातार चार खेलमा हराएको यो पहिलो पटक हो। यसअघि सन् २००९ देखि २०१० को बिचमा बेंगलुरुले लगातार तीन खेल जितेको थियो।
ब्याटिङतर्फ बेंगलुरुले इनिङ्सको अन्तिम पाँच ओभरमा मात्रै ९७ रन जोड्यो, जुन आईपीएल इतिहासकै संयुक्त रूपमा दोस्रो उच्च हो। टोलीले अन्तिम १० ओभरमा १६ वटा छक्का प्रहार गर्दै १५९ रन बनाएको थियो। ११औँ ओभरमा फिल साल्ट आउट भएपछि टोलीले १६.८२ को असाधारण रन रेटमा ब्याटिङ गर्दै ९.२ ओभरमै १५७ रन जोडेको थियो।
खेलमा टिम डेभिडको प्रदर्शन निकै आक्रामक रह्यो। १५औँ ओभरमा ब्याटिङ गर्न आएका उनले अविजित ७० रन बनाए। डेभिडले डेथ ओभर (१७ देखि २० ओभरसम्म) मा मात्रै ६८ रन जोडे, जुन कुनै पनि ब्याटरले आईपीएलको डेथ ओभरमा बनाएको सर्वाधिक रन हो।
त्यस्तै, सरफराज खानले चौथो वा त्यसभन्दा तल्लो क्रममा ब्याटिङ गर्न आएर पावरप्लेमै ५० रन पूरा गर्ने आईपीएलकै पहिलो खेलाडी बन्ने कीर्तिमान रचे। यसअघि सन् २०२३ मा गुजरातविरुद्ध तिलक वर्माले ४३ रन बनाएका थिए।
यस खेलमा छक्का प्रहारको अर्को अनौठो कीर्तिमान पनि बन्यो। विशाल लक्ष्य पछ्याउने क्रममा आयुष म्हात्रे र म्याट हेनरीबाहेक चेन्नईका ९ जना ब्याटरले कम्तीमा एक छक्का प्रहार गरे। टी-२० क्रिकेटको एउटै इनिङ्समा ९ जना फरक ब्याटरले छक्का प्रहार गरेको यो विश्वकै पहिलो घटना हो।
बेंगलुरुका पाँचै जना ब्याटरले पनि छक्का हानेका कारण यस खेलमा जम्मा १४ जना फरक खेलाडीले छक्का प्रहार गरे। यो टी-२० इतिहासकै दोस्रो घटना हो।
यसैबिच, यसै साताको आईपीएल तथ्याङ्क अनुसार भुवनेश्वर कुमारले प्रतियोगितामा आफ्नो २०२ विकेट पूरा गरेका छन्। यससँगै उनी युजवेन्द्र चहल (२२४ विकेट) पछि आईपीएल इतिहासमा २०० विकेटको आँकडा पार गर्ने दोस्रो बलर बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण