शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानी गुप्तचर प्रमुखको हत्याको जिम्मा इजरायलले लियो

सोमबार, २३ चैत २०८२, १६ : १५
सोमबार, २३ चैत २०८२

तेल अभिभ । इजरायलले इरानी गुप्तचर प्रमुखको हत्याको जिम्मा लिएको छ ।

इजरायली रक्षा बलले आफ्नो टेलिग्राम च्यानलमा मजिद खादेमीको हत्या इरानी क्रान्तिकारी गार्ड कोर्प्स (आईआरजीसी)माथि अर्काे ठुलो प्रहार भएको बताएको छ । यसअघिका घटनामा इजरायल वा अमेरिकाले भनेपछि मात्रै इरानले आफ्ना वरिष्ठ कमान्डरहरूको मृत्युको खबर स्वीकार गर्ने गरेको थियो । यसपटक भने उल्टो भयो । इरानले यसबारे बताएपछि मात्रै इजरायलले घटनाको जिम्मा लिएको हो । 

आईआरजीसीले खादेमी उच्च सम्मानित कमान्डर भनेको छ । आईआरजीसीका अनुसार उनले क्रान्तिमा करिब आधा शताब्दी वफादार र साहसी सेवा समर्पित गरेका थिए । इराक–इरान तनाव सुरु भएदेखि इजरायलले आईआरजीसी, बासिज र इरानी सैन्य अधिकारीहरूका दर्जनौँ वरिष्ठ नेताहरूलाई निशाना बनाएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जका अनुसार खदेमी इजरायली नागरिकहरूको मृत्युका लागि प्रत्यक्ष जिम्मेवार व्यक्तिमध्ये एक थिए । काट्जले उनलाई आईआरजीसीका तीन सर्वाधिक वरिष्ठ नेतामध्ये एक भनेका छन् । 

खादेमीलाई २०२५ को जुन १५ मा भएको इजरायली आक्रमणमा मारिएका मोहमद काजेमीको ठाउँमा इस्लामिक रिभोलुशनरी गार्ड आईआरजीसीको गुप्तचर प्रमुख बनाइएको थियो । गएको वर्षको अगस्टमा खदेमीले संसदसँग अन्तर्राष्ट्रिय इन्टरनेट परियोजना पूरा गर्नुलाई प्राथमिकता दिन आग्रह गरेका थिए । उनका अनुसार यो इरानको साइबर क्षेत्रको सार्वभौमिकता सुरक्षित गर्न आवश्यक थियो ।

फेब्रुअरी २८ बाट सुरु भएको युद्धको कारण इरानमा इन्टरनेट ठप्प छ । यद्यपि केही घरेलु वेबसाइट र एप्स देशभित्र पहुँचयोग्य छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप