नागरिक पूर्वाधारलाई निशाना बनाउनु ‘कानुन विपरित’
काठमाडाैँ । युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले सोमबार एक सामाजिक सञ्जाल पोस्टमा युद्धका क्रममा नागरिक पूर्वाधार र प्रतिष्ठानहरूमा आक्रमण गर्नु गैरकानुनी भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज पुनः नखोले त्यहाँ नागरिक पूर्वाधारहरू ध्वस्त पार्ने धम्की दिएपछि यो चेतावनी आएको हो।
युरोपेली परिषद्का अध्यक्ष कोस्टाले भन्नुभयो, “नागरिक पूर्वाधार अर्थात् ऊर्जा सुविधालाई कुनै पनि प्रकारको निशाना बनाउनु कानुन विपरित काम हुने र यो अस्वीकार्य छ ।
उनले भने, “यो युक्रेनमा रूसको युद्धमा लागू हुन्छ र अन्यत्र (इरान युद्धलाई उल्लेख नगरिकन) पनि लागू हुन्छ । इरानी शासनको मुख्य शिकार इरानी नागरिक हुन्। यो सैन्य अभियानको विस्तारको मुख्य शिकार पनि हुनेछ ।”
उनले अगाडि भने, “युरोपेली सङ्घले इरानलाई यस क्षेत्रका देशविरुद्ध आफ्नो आक्रमण तत्काल रोक्न र ‘स्ट्रेट अफ हर्मुज’ हुँदै जहाज आवागमनको पूर्ण स्वतन्त्रता पुनः स्थापना गर्न अनुमति दिन आग्रह गर्दछ।”
“मध्यपूर्वमा पाँच हप्ताको युद्धपछि यो स्पष्ट छ भएको छ यो युद्ध कूटनीतिक माध्यमबाट मात्र समाधान गर्न सम्भव हुनेछ,” उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण