बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

विद्युत् प्राधिकरणका कार्यालय प्रमुख एक लाख ४० हजार घुससहित पक्राउ

मङ्गलबार, २४ चैत २०८२, १० : २४
मङ्गलबार, २४ चैत २०८२

सारांश

  • सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई एक लाख ४० हजार घुससहित अख्तियारले पक्राउ गरेको छ।
  • चार्जिङ्ग स्टेशनमा ट्रान्सफर्मर जडान गरिदिने बाहनामा सेवाग्राहीसँग घुस लिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
  • पक्राउ परेका दासमाथि भ्रष्टाचार निवारण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

सप्तरी । सप्तरीस्थित नेपाल विद्युत् प्राधिकरण, कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

चार्जिङ्ग स्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरी लाइन छाडिदिने बहानामा सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

अख्तियारको इटहरी कार्यालयबाट खटिएको विशेष टोलीले इन्जिनियर दासलाई सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ बाट नियन्त्रणमा लिएको हो । 

सोमबार भएको यो कारबाहीमा घुस रकमसहित पक्राउ परेका दासमाथि अहिले भ्रष्टाचार निवारण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप