बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
मङ्गलबार, २४ चैत २०८२, १० : ५१
सारांश
- नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ।
- छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
- चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँ कायम भएको छ।
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ रुपैयाँले बढेको हो ।
महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज सुनको मूल्य १० ग्राममा २ लाख ५० हजार १७० रुपैयाँ कायम गरिएको छ ।
सुनसँगै आज चाँदीको मूल्य पनि सामान्य बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार १३२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण बिभागमा उपस्थित गराइयो
-
मेस्सीले दुई खेलमा पाँच गोल गरेसँगै ७८ वर्षअघिको त्यो चुनौतीपूर्ण रेकर्डतिर फुटबलप्रेमीकाे ध्यान
-
मण्डलामा अब ‘इजलास’ मञ्चन हुने
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण