२०१६ पछि पहिलो पटक चीनको भ्रमणमा पुगे ताइवानका प्रतिपक्षका नेता
सारांश
- ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङकी नेतृ चेंग लि वुन सन् २०१६ पछि पहिलो पटक चीनको भ्रमणमा पुगेकी छन्।
- शान्तिको पुल बन्ने उद्देश्यका साथ चिनियाँ राष्ट्रपतिको निमन्त्रणामा चेङ छ दिने भ्रमणका लागि चीन गएकी हुन्।
ताइपेई । ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी) नेतृ चेंग लि वुन चीन पुगेकी छन् । सन २०१६पछि पहिलो पटक पार्टीको वर्तमान नेतृत्वले चीन भ्रमण गरेको हो । गत वर्ष केएमटी अध्यक्ष बनेकी चेङले चिनियाँ राष्ट्रपति सि जिनपिंगको निमन्त्रणालाई खुसीसाथ स्वीकार गरेको बताउँदै आफू शान्तिको पुल बन्न चाहने बताएकी छिन् । बेइजिङले “एक चीन” नीतिलाई नमानेको भन्दै २०१६ मा साई इंग वेन नेतृत्वको डेमोक्रेटिक प्रोगेशिभ पार्टी सत्तामा आएपछि ताइवानसँगका केही औपचारिक संवादहरू बन्द गरेको थियो ।
६ दिने भ्रमणमा चेङ शांघाई, नानजिंग र बेइजिंग जानेछन् । यस क्रममा उनले सिलाई भेट्ने अपेक्षा गरिएको छ । विश्लेषकहरूका अनुसार, केएमटी परम्परागत रूपमा चीनसँग नजिक भए पनि चेङको सक्रिय भ्रमण प्रयास अघिल्ला नेताहरूभन्दा फरक र बढी आक्रामक देखिएको छ । अमेरिकाप्रति बढ्दो अविश्वाले यस्तो भ्रमणलाई प्रेरित गरेको हुन सक्छ भनेर गैर नाफामुखी थिंक ट्याङ्क इन्टरनेशनल क्राइसिस ग्रुपका उत्तर पूर्वी एसियाली विश्लेषक विलियम यांगले भनेका छन् ।
चीनले ताइवानलाई आफ्नो अलग भएको प्रान्त मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गर्नेसमेत संकेत दिँदै आएको छ। तर धेरै ताइवानी नागरिक आफूलाई स्वतन्त्र राष्ट्रको रूपमा हेर्छन् । यता, अमेरिकाले औपचारिक रूपमा चीनसँग सम्बन्ध राखे पनि ताइवानको प्रमुख हतियार आपूर्तिकर्ता रहँदै आएको छ । हालै अमेरिकी द्विदलीय प्रतिनिधिमण्डलले ताइपेइ भ्रमण गर्दै ४० अर्ब डलरको रक्षा बजेट पारित गर्न दबाब दिएको थियो, तर त्यो प्रस्ताव अझै अड्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजना
-
हस्तपुरमा दरबार निर्माण भएपछि पर्यटन प्रवर्द्धन हुँदै
-
सुस्तामा एसएसबीका सुरक्षाकर्मी छिरेकोबारे आवश्यक कदम चालिन्छ : प्रवक्ता पोखरेल
-
संविधान संशोधन गरेर जिससलाई अधिकार सम्पन्न बनाउन माग
-
चितवन राइनोजद्वारा कुशल मल्लसहित सात खेलाडी रिटेन
-
सिंहदरबारभित्रै गुणस्तरहीन वस्तु बिक्री, केन्द्रीय क्यान्टिनलाई २ लाख जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण