शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारका गतिविधिहरू ‘छलकपटपूर्ण’ : झाँक्री

शुक्रबार, २९ जेठ २०८३, १७ : १०
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारको बजेट र अर्थमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् ।
  • झाँक्रीले अर्थमन्त्री डा.वाग्लेका अभिव्यक्ति विरोधाभासपूर्ण रहेको र तथ्याङ्कगत यथार्थलाई लुकाउन खोजेको आरोप लगाइन् ।
  • उनले सरकारका गतिविधिहरू 'छलकपटपूर्ण' रहेको र अर्थमन्त्रीको भनाइ र गराइमा एकरूपता नदेखिएको बताइन् ।

काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले ल्याएको बजेट र अर्थमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् । राष्ट्रियसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा झाक्रीले अर्थमन्त्री डा.वाग्लेका अभिव्यक्ति विरोधाभासपूर्ण रहेको र तथ्याङ्कगत यथार्थलाई लुकाउन खोजेको आरोप लगाइन् । झाँक्रीले सरकारका गतिविधिहरू ‘छलकपटपूर्ण’ रहेको आरोप लगाइन् । 

अर्थमन्त्री डा.वाग्लेले यसअघि बोलेका कुरा र अहिलेको व्यवहारमा ठुलो खाडल देखिएको बताइन् ।  ‘अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्,’ झाक्रीले भनिन्, ‘अहिले ऋण लिनुलाई ‘अनिवार्य सर्त’ का रूपमा व्याख्या गरे । उनको भनाइ र गराइमा एकरूपता देखिएन । 

उनले मन्त्री नहुँदा ऋण लिएर व्यक्तिले खल्तीमा हाले भन्ने अर्थमन्त्रीले अहिले ऋण लिनुलाई अनिवार्य सर्त भन्न नसुहाउने बताइन् । ‘अर्थमन्त्री आज ऋण बिना राज्य चल्दैन भन्दै हुनुहुन्छ । अर्थमन्त्रीले विगतमा ऋण लिनुलाई गलत भन्ने गरेको तर अहिले ‘ऋण अनिवार्य सर्त हो’ भन्नुलाई मेरो आमाको ‘डोमेस्टिक अर्थशास्त्र’ले पनि यस्तो उल्टो कुरा बुझ्दैन,’ उनले भनिन् । 

झाँक्रीले आफूलाई नयाँ भन्ने शक्ति र पात्रहरूले बाहिर ठिकठाक छ भनिरहे पनि व्यवहारमा बेथिति मौलाएको टिप्पणी गरिन् । उनले अर्थमन्त्रीलाई योजना आयोगको सदस्य र उपाध्यक्ष भइसकेको व्यक्ति कसरी नयाँ हुन सक्छ भन्दै प्रश्न पनि गरिन् । 

रास्वपाका सांसद र मन्त्रीहरूलाई आफ्नो विगत हेर्न पनि आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप