यूएईमा इरानी मिसाइल आक्रमण : गम्भीर घाइते नेपालीको अवस्था खतरामुक्त
सारांश
- युएईको शारजाहमा इरानी मिसाइल र ड्रोनको भग्नावशेष खस्दा एक नेपाली गम्भीर घाइते भएका छन् ।
- घाइते नेपालीको अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेको दुबईस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ ।
- दूतावासले मध्यपूर्वको तनावलाई मध्यनजर गर्दै यूएईमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ । युएईको शारजाहस्थित खोर फक्कान बन्दरगाह क्षेत्रमा इरानले प्रहार गरेको मिसाइल र ड्रोनको भग्नावशेष खस्दा एक नेपाली नागरिक गम्भीर घाइते भएका छन् ।
आइतबार साँझ भएको यस घटनामा गम्भीर घाइते भएका नेपालीको अवस्था भने अहिले खतरामुक्त रहेको दुबईस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ ।
इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनलाई युएईको वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो। सोही क्रममा खसेको छर्रा लागेर ४ जना घाइते भएका हुन्। शारजाह सरकारको मिडिया अफिसका अनुसार घाइते हुनेमा एक नेपाली र तीन पाकिस्तानी नागरिक छन् ।
गम्भीर घाइते भएका नेपालीलाई तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको थियो। पाकिस्तानी नागरिकहरूलाई भने भग्नावशेषका कारण विभिन्न प्रकृतिका चोट लागेको युएईको समाचार एजेन्सी वामले जनाएको छ। भग्नावशेष खसेपछि बन्दरगाह क्षेत्रमा आगलागी समेत भएको थियो, जसलाई अग्नि नियन्त्रक र उद्धार टोलीले सफलतापूर्वक नियन्त्रणमा लिएका थियो ।
घटनापछि दुबईस्थित नेपाली महावाणिज्यदूतावासको टोली अस्पतालमै पुगेर घाइते नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। दूतावासले घाइतेको नेपालमा रहेको परिवारलाई समेत सम्पर्क गरी घटना र स्वास्थ्य अवस्थाबारे जानकारी गराइसकेको छ। अहिले घाइते नेपालीको अवस्था खतरामुक्त रहेको र उनको उपचार जारी रहेको दूतावासले स्पष्ट पारेको छ ।
मध्यपूर्वमा बढ्दो तनाव र विकसित परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले यूएईमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। यूएई सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सूचना तथा मार्गदर्शनहरूको पूर्ण पालना गर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र भर पर्न दूतावासले आग्रह गरेको छ ।
पछिल्लो केही दिनको अन्तरालमा युएईमा भएको यो दोस्रो ठुलो घटना हो। यसअघि शुक्रबार मात्रै इरानबाटै आएको मिसाइल र ड्रोनलाई आकाशमै रोक्ने क्रममा हाबशान ग्यास केन्द्रमा भग्नावशेष खस्दा एक जनाको मृत्यु भएको थियो भने अन्य चार जना घाइते भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण