अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
सारांश
- अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खस्दा एउटै परिवारका सात जनाको मृत्यु भएको छ।
- भारी वर्षाका कारण विगत १२ दिनमा अफगानिस्तानमा १३२ जनाको मृत्यु हुनुका साथै १९२ जना घाइते भएका छन्।
अफगानिस्तान । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा एउटै परिवारका सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार बताएका छन् । सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कुरीसी बद्लोनका अनुसार मङ्गलबार राति सेरजाद जिल्लामा उक्त दुर्घटना हुँदा पीडितको घटनास्थलमै मृत्यु भएको थियो ।
यसअघि सोमबार राति भारी वर्षाका कारण माटोको इँटाको छत खसेर भएको घटनामा पाँच जनाको ज्यान गएको थियो भने अन्य चार जना घाइते भएका थिए । पछिल्लो समयमा विपद जन्य घटनाका कारण अफगानिस्तानमा मृतकको सङ्ख्या बढेको जनाइएको छ ।
यसैगरी विगत १२ दिनमा देशमा भारी वर्षा, पहिरो आँधीबेहरी र बिजुलीका कारण कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने १९२ जना घाइते भएका छन् । अफगानिस्तानको दुर्गम र ग्रामीण क्षेत्रहरूमा आवासीय घरहरू मुख्यतया माटोबाट निर्माण गरिएका छन् भने ती घर गम्भीर मौसमी प्रकोपको समयमा अत्यधिक जोखिममा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण