सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

जिसस खोटाङद्वारा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति र संस्था सम्मानित

बुधबार, २५ चैत २०८२, २२ : १०
बुधबार, २५ चैत २०८२

खोटाङ ।  यहाँस्थित जिल्ला समन्वय समितिले विभिन्न क्षेत्रमा योगदान गर्ने १० जना व्यक्ति तथा नौ वटा संस्थालाई सम्मान गरेको छ । जिसस खोटाङले आफ्नो दशौँ जिल्लासभा, सङ्घीय तथा प्रदेश सरकारअन्तर्गतका सरकारी कार्यालय र जिल्लास्थित १० वटै स्थानीय तहले गरेका कार्यक्रमको अर्धवार्षिक समीक्षाको अवसर पारेर आज ती व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घका निवर्तमान जिल्ला अध्यक्ष दिलीप खत्री, खेलकुद प्रतिष्ठान नेपाल खोटाङका अध्यक्ष सञ्जयकुमार राई, जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राई, सिर्जनशील नेपाली कागज उद्योग सञ्चालक जयनारायण राई, सिनियर अहेब राजकिशोर साह, खेलाडी रोसेश श्रेष्ठ, निर्माण व्यवसायीहरु महेश रेग्मी र जोसेफ रिजाल, अगुवा कृषक सरला राई र जीवनाथ आचार्य छन् ।

संस्थातर्फ दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, साकेला, रावाबेंसी र केपिलासगढी गाउँपालिका, दिक्तेल अङ्ग्रेजी आवासीय विद्यालय, एरिया वेलफेयर अफिस तथा शुभद्रा–मदन फाउण्डेसन रहेका छन् । सम्मानित व्यक्ति तथा संस्थालाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् ।

विभिन्न क्षेत्रबाट जिल्लाको समग्र विकास, सेवा प्रवाह र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पु-याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको जिसस खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप