कामना सेवा विकासद्वारा मर्चेण्ट बैङ्किङ सेवाका लागि सहायक कम्पनी स्थापना
सारांश
- कामना सेवा विकास बैंकले मर्चेण्ट बैङ्किङ सेवाका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरी सहायक कम्पनीको रूपमा सञ्चालन गर्ने भएको छ।
- बैंकले यस कार्यका लागि नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको जनाएको छ।
- आकाश क्यापिटल लिमिटेड अब 'कामना सेवा क्यापिटल लिमिटेड' को नामबाट सञ्चालनमा आउनेछ।
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैङ्किङ सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रूपमा सञ्चालन गर्ने भएको छ ।
उक्त कम्पनीलाई सहायक कम्पनीको रूपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको बैंकले जनाएको छ । यसअघि बैंक र आकाश क्यापिटल लिमिटेडबिच संस्थापक सेयर खरिद बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको थियो ।
नेपाल राष्ट्र बैंकबाट उक्त लगानीका लागि स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्र सम्बन्धी कानुन तथा नियामकीय व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमति तथा दर्ता प्रक्रियाहरू पूरा गरी मर्चेण्ट बैङ्किङ सेवाहरू सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।
हाल आकाश क्यापिटल लि.को नाममा रहेको उक्त कम्पनी कामना सेवा विकास बैंक लि.को सहायक कम्पनी भएसँगै ‘कामना सेवा क्यापिटल लिमिटेड’ को रूपमा सञ्चालन हुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण