उपसभामुख निर्वाचन
राप्रपाबाट लामाले दर्ता गरिन् उपसभामुखमा उम्मेदवारी
बिहीबार, २६ चैत २०८२, १३ : ५२
सारांश
- प्रतिनिधि सभाको उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्।
- लामाको उम्मेदवारीमा ज्ञानबहादुर शाही प्रस्तावक र खुश्वु ओली, ताहिर अलि तथा भरत गिरी समर्थक रहेका छन्।
- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लामालाई समर्थन गर्ने बचन दिएको छ।
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गरेकी छन् । लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्वु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
लामालाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने बचन दिएको छ । रास्वपाले समर्थन गरेमा लामा उपसभामुख हुने निश्चित छ ।
संघीय संसद् सचिवालयले उसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण