जय ट्रफी क्रिकेटमा अब ६ टोलीको सहभागिता रहने
शुक्रबार, २७ चैत २०८२, ०९ : ५८
सारांश
- नेपाल क्रिकेट संघले जय ट्रफी पुरुष एलिट कपमा सहभागी टोलीको संख्या ६ पुर्याउने निर्णय गरेको छ।
- यसअघि प्रधानमन्त्री कपका उत्कृष्ट ४ टोलीले मात्र सहभागिता जनाउन पाउने व्यवस्था रहेको थियो।
- खेलाडीहरूलाई थप अवसर प्रदान गर्ने उद्देश्यले आगामी सिजनदेखि यो नयाँ व्यवस्था लागू गरिनेछ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्दै आएको जय ट्रफी पुरुष एलिट कपमा सहभागी टोलीको संख्या बढाइएको छ। क्यानले आगामी सिजनदेखि यस प्रतियोगितामा कुल ६ वटा टोलीको सहभागिता रहने निर्णय गरेको हो।
यसअघिको व्यवस्था अनुसार प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट ४ टोलीले मात्र जय ट्रफीमा खेल्न पाउने प्रावधान थियो। खेललाई थप प्रतिस्पर्धी बनाउन र खेलाडीहरूलाई थप अवसर प्रदान गर्न आगामी संस्करणदेखि सहभागी टोलीको संख्या ६ पुर्याइएको क्यानले जनाएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार यो व्यवस्था आगामी सिजनदेखि नै लागू हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण