संसदीय दलको बैठक
रास्वपाले भन्यो– अनावश्यक भिडभाड गर्न सिंहदरबार नजानू
एक/एक जना केन्द्रीय सदस्य र सांसद हरेक दिन घण्टीघर बस्ने
शुक्रबार, २७ चैत २०८२, १४ : ५३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई अनावश्यक भिडभाड गर्न सिंहदरबार नजान निर्देशन दिएको छ।
- पार्टीले जनसम्पर्कका लागि केन्द्रीय कार्यालयमा दैनिक एक सांसद र एक केन्द्रीय सदस्य रहने व्यवस्था सुरु गरेको छ।
- संसद्को सेसन ब्रेकको अवधिमा सांसदहरूलाई जिल्ला समन्वय र साङ्गठनिक सुदृढीकरणमा लाग्न आग्रह गरिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता, कार्यकर्ता, सांसद र केन्द्रीय सदस्यहरूलाई अनावश्यक भिडभाड गर्न सिंहदरबार नजान निर्देशन दिएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले उक्त निर्देशन दिएको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।
‘अनावश्यक रूपमा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरूमा नेता,कार्यकर्ता, केन्द्रीय सदस्य र सांसदहरूलाई भिड नगर्नु भन्ने निर्देशन छ’, प्रवक्ता झाले बैठकपछि भने।
साथै, आजैदेखि पार्टीको केन्द्रीय कार्यालयमा जनसम्पर्कका लागि दैनिक एक जना केन्द्रीय सदस्य र एक जना सांसद अनिवार्य उपस्थित हुने ‘क्यालेन्डर’ सुरु गरिएको छ । संसद्को २० दिने ‘सेसन ब्रेक’ सुरु हुन लागेकाले यस अवधिमा सांसदहरूलाई जिल्ला समन्वय र साङ्गठनिक सुदृढीकरणमा लाग्न समेत आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण