बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

‘जेनजी आन्दोलनले देखाएको बाटोलाई आत्मसात गर्दै रुवीलाई उपसभामुखमा अगाडि सार्‍यौँ’

शुक्रबार, २७ चैत २०८२, १६ : ५७
शुक्रबार, २७ चैत २०८२

सारांश

  • श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेनजी आन्दोलनको मार्ग पछ्याउँदै रुवी कुमारी ठाकुरलाई उपसभामुखको उम्मेदवारका रूपमा अगाडि सारेका छन्।
  • सांसद राईले मधेसकी चेली ठाकुरलाई उम्मेदवार बनाएर आफ्नो पार्टी जात, धर्म र लिङ्गभन्दा माथि उठेर एकताको पक्षमा रहेको सन्देश दिएका छन्।

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेनजी आन्दोलनले देखाएको बाटोलाई आत्मसाथ गर्दै जेनजी समूहकी रुवी कुमारी ठाकुरलाई उपसभामुखमा अगाडि सारेको बताएका छन् । प्रतिनिधि सभामा उपसभामुखमा ठाकुरलाई प्रस्ताव गर्दै सांसद राईले मधेसकी चेली र जेनजी समूहकी ठाकुरलाई अगाडि सारेको बताए ।  

उनले श्रम संस्कृति पार्टीलाई पूर्वको राईको पार्टी हो, पूर्वमै सिद्धिन्छ भन्ने कुरा चिन पनि मधेसकी चेलीलाई उपसभामुखको उम्मेदवार बनाएको बताए । 

श्रम संस्कृति पार्टी जात, धर्म, वर्ग र लिङ्गलाई एकताको मालामा उनेर अगाडि बढ्ने बताए । उनले उपसभामुख बनेपछि ठाकुरले नेपालको न्यायको पक्षमा उभिनेमा आफू विश्वस्त रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप