बजारलाई स्वच्छ र मर्यादित बनाउन अनुमगन जारी
शनिबार, २८ चैत २०८२, ०६ : १६
काठमाडौँ । बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५६ फर्ममा अनुमगन गरेको छ ।
विभागले उपलब्ध गराएको विवरणअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवम् कारवाही गरिएको छ ।
काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न फर्म तथा व्यवसायमा विभागले अनुमगन गरेको थियो । उल्लेख्य रूपमा फर्म तथा व्यवसायमा अनुमगन गरिएको र सुधारात्मक निर्देशन दिइएको विभागले शुक्रबार उल्लेख गरेको छ ।
कलाबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरण नियन्त्रण तथा अधिकत्तम खुद्रा मूल्य कायम गरे नगरेको विषयमा विभागले नियमित बजार अनुमगन गर्दै आएको छ । बिहीबार ५१ फर्ममा अनुमगन गरेको विभागले शुक्रबार ५६ फर्ममा अनुमगन गरेको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण