उपाधि दाबेदार आर्सनल घरेलु मैदानमै स्तब्ध
काठमाडौँ । उपाधि दाबेदार शीर्ष स्थानको आर्सनलले घरेलु मैदानमै धक्का बेहोरेको छ । शनिबार साँझ सकिएको प्रिमियर लिगअन्तर्गत खेलमा आर्सनल बोर्नमाउथसँग १–२ गोल अन्तरले पराजित भएको छ ।
खेलमा बोर्नमाउथले सुरुवाती अग्रता लिएको थियो । खेलको १७ औं मिनेटमा एली जुनियर क्रुपीले बोर्नमाउथका लागि पहिलो गोल गरे । त्यसपछि आर्सनलका लागि भिक्टोर ग्योकेरेसले ३५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर, ७४ औं मिनेटमा एलेक्स स्कटले बोर्नमाउथका लागि दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए, जुन खेलको अन्तिम नतिजा बन्यो ।
आर्सनलले खेलमा बढी नियन्त्रण राखेको थियो । आर्सनलले कुल १२ सट प्रहार गरेकोमा बोर्नमाउथले ८ सट प्रहार गरेको थियो । दुवै टोलीका लागि पोस्टमा ३–३ सटहरू रहेका थिए ।
बल पोजिसन र सटमा अग्रता भए पनि आर्सनलले त्यसलाई गोलमा परिणत गर्न नसक्दा महत्त्वपूर्ण ३ अंक गुमाउन पुगेको हो । उसको ३२ खेलबाट ७० अंक छ भने समान खेलबाट ४५ अंक बनाउँदै बोर्नमाउथ नवौँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
-
प्रदेश समीकरणबारे विश्वप्रकाश : प्रतिपक्षविहीन हुन नहुने बटमलाइन
-
पदक विजेता टेबलटेनिस खेलाडीहरू पाँच दिने भ्रमणका लागि थाइल्यान्ड प्रस्थान
-
कांग्रेसभित्रको संवाद सकारात्मक निष्कर्षमा पुग्नेमा उपसभापति शर्मा विश्वस्त
-
‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण